१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
स्याक नेपालकाे भूकम्प प्रतिकार्य परियोजना सिकाई आदानप्रदान तथा प्रगति समीक्षा
स्याक नेपालकाे भूकम्प प्रतिकार्य परियोजना सिकाई आदानप्रदान तथा प्रगति समीक्षा
  • paschimpatra

जाजरकोट । स्याक नेपाल सुर्खेतले जाजरकोट भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत सिकाई आदानप्रदान तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिवार जाजरकोटमा एक कार्यक्रमको आयोजना गरेर सिकाई आदनप्रदान तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

जाजरकोट भुकम्पपछि स्याक नेपालले उद्धार, राहत, अस्थायी टहरा निर्माण लगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको र अब आउने दिनमा के कसरी अघि बढ्न सकिन्छ भन्ने उद्धेश्यले सरोकारवाला बीच सिकाई आदानप्रदान तथा प्रगति समिक्षा कार्यक्रम राखिएको स्याक नेपालका प्रतिनिधि रमेश चन्दले बताए ।

उक्त कार्यक्रममा भुकम्पपछि स्याक नेपालले जाजरकोट र रूकुम पश्चिमका ३ स्थानिय तहका विभिन्न वडाहरूमा संचालन गरेका निर्माण, राहत वितरण तथा तालिमहरुको प्रगति समीक्षा गरिएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी षडानन्द खत्री, प्रशासकीय अधिकृत हरिस्चन्द्र शर्मा, विभिन्न स्थानिय तहका प्रमुख तथा वडाअध्यक्षहरू, दातृ निकायका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थित रहेको थियो ।

  • १८ जेष्ठ २०८१, शुक्रबार प्रकाशित
  • Nabintech