१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
बालक्लव संजालको क्षमता विकास तालिम सम्पन्न
बालक्लव संजालको क्षमता विकास तालिम सम्पन्न
  • पश्चिम पत्र

जाजरकोट । जाजरकाेटमा बालक्लव संजालको लागि ३ दिने क्षमता विकास तालिम  सम्पन्न भएको छ ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित संकल्प परियोजनाको सहयोगमा भेरी नगरपालिकामा गठन भएको बालक्लव संजालको लागि ३ दिने क्षमता विकास तालिम जाजरकाेट खलङ्गामा सम्पन्न भएको हाे ।

जेठ २५ गते देखि २७ गते सम्म संचालित भएकाे तालिम भेरी नगरपालिकाको समन्वयमा संचालन भएको थियाे भने  तालिममा भेरी नगर पालिकाका १३ वटै वडा बाट २९ जना बालक्लव संजालका सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिममा बालअधिकार, बालक्लव संजालको काम, कर्तब्य र अधिकार, नेतृत्व विकास तथा बाल क्लव संजाल ब्यवस्थापन, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, जलवायू परिवर्तनले बालबालिकामा परेको असर र यसको न्यूनिकरणका लागि बालक्लव संजालको भूमिमा, पैरवी तथा अभियान संचालन सम्वन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।  तालिममा भेरी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख विपना पौडेल, सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अनन्त वि.क.,  पहाडी क्षेत्र विकास अभियानका कार्यक्रम संयोजक बिनोद पोख्रेल र शेषकान्त शर्माले सहजिकरण गर्नु भएको थियो ।

पहाडी क्षेत्र विकास अभियानका महासचिव राजु कुमार के.सी.को प्रमुख आतिथ्थतामा संचालन भएको उदरघाटन तालिममा पहाडि क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रण बहादुर कार्कि, भेरी नगरपालिकाका बाल कल्याण अधिकारी सन्तोष कुमार पुनले तालिम सफलताको शुभकामना साथै आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

भेरी नगर बाल संजालका अध्यक्ष समिरा गौतमको अध्यक्षता र बाल क्लव संजालका सचिव सुरेश जैशिको संचालनमा सपन्न भएको तालिम समापन कार्यक्रममा भेरी नगरपालिकाका बाल कल्याण अधिकारी सन्तोष पुनले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्दे नगरपालिकालाई बालमैत्रि नगरपालिका घोषणामा बाल क्लव संजालको अहम भुमिमा रहेका बताउनुभयो ।

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित
  • Nabintech