होला, हजुरले भनेपछि हिउँको रङ पनि कालो होला निभे निभोस् बत्ती बस्तीमा हजुरको मन त उज्यालो होला ! किन निकाल्नुहुन्छ लोकसेवाको विज्ञापन गोरखापत्रमा ? नाउँ निकाल्ने आखिर हजुरकै भतिजो या त सालो होला ! हामीतिर हेर्दै घुर्छ र गर्जिन्छ, उता फर्केर ‘म्याउ-म्याउ’ गर्छ राघेपाटे त्यो ढाडे जन्तु, खै बाघ होला कि बिरालो होला ! चाहे जाओस् भुइँचालो, फैलियोस् चाहे भोकमरी महामारी के...
गृहस्थीको दिनचर्या केहीबेर अन्त थन्काएर काम कर्तव्यलाई तगारो लगाएर मुटुलाई दाम्पत्यको पर्खालबाट बाहिर निकालेर यो मन तिमीलाई फेरि हस्तान्तरण गर्न मन लागेको छ आज फेरि मलाई प्रेम गर्न मन लागेको छ आफ्नो अतीतलाई रिवाइण्ड गरी पुनः प्ले गर्दै फेरि एकपटक गोदावरीमा डुल्न मन लागेको छ चउरमा बसेर तिम्रा केस्राहरुलाई औंलामा अल्झाएर जीवनको अंकगणित मिलाउन मन लागेको छ आज...
तिम्रो माया पाएँ भने जिन्दगीकै सार ठान्छु तिमीलाई यो हृदयको पुजनीय देव मान्छु । पर्खाइको पीडा जस्तो कठिन् अरु के नै हुन्छ ? तिम्रो साथ पाएदेखि खोले फाँडो सिस्नो खान्छु । जिन्दगीका हर मोड प्रतीक्षामै बिती सके अन्तिम मोडसम्म पनि तिमीलाई म छान्छु । तिम्रैनिम्ति धुपबात्ती, फलफूल लिई सधैँ बर्दान् माग्न मन्दिरमा हरदिन एक्लै जान्छु । यस्तो लाग्छ तिमी मेरो जिन्दगीको...