६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
प्रेमिल गजल
प्रेमिल गजल
  • आचार्य प्रभा

तिम्रो माया पाएँ भने जिन्दगीकै सार ठान्छु
तिमीलाई यो हृदयको पुजनीय देव मान्छु ।

पर्खाइको पीडा जस्तो कठिन् अरु के नै हुन्छ ?
तिम्रो साथ पाएदेखि खोले फाँडो सिस्नो खान्छु ।

जिन्दगीका हर मोड प्रतीक्षामै बिती सके
अन्तिम मोडसम्म पनि तिमीलाई म छान्छु ।

तिम्रैनिम्ति धुपबात्ती, फलफूल लिई सधैँ
बर्दान् माग्न मन्दिरमा हरदिन एक्लै जान्छु ।

यस्तो लाग्छ तिमी मेरो जिन्दगीको सारथि हौ
मेरो सोच भ्रम भए मोहनी मन्त्रले तान्छु ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech