
३ बैशाख काठमाडौं । नायक अनमोल केसीले आफ्नो पाइपलाइनमा चारवटा फिल्महरु रहेको खुलाएका छन् ।सामाजिक सञ्जालमा स्टाटस लेखेरै अनमोलले यो सूचना सेयर गरेका हुन् । अनमोलका अनुसार उनले अहिले सनराइज पिक्चर्सद्वारा निर्मित बाटुलो जून’मा काम गरिरहेका छन् ।
त्यसपछि क्रमशः सुहाना इन्टरटेनमेन्टको ए मेरो हजुर ५’, एप्पल इन्टरटेनमेन्टको विफोर वि मेट’ र अनन्या फिल्म्सको ‘जेरी द लास्ट क्लाइम्ब’ उनको लाइनअपमा छन् ।उत्कृष्ट निर्माता र व्यानरहरुसँग सहकार्य गर्न पाएको भन्दै अनमोलले खुशी व्यक्त गरेका छन् ।‘विश्वभरका मेरा दर्शक र शुभचिन्तकहरु, यो तपाईंहरुका लागि हो । तपाईंहरुको माया नै मेरो शक्ति हो । मिलेर इतिहास रचौं,’ उनले लेखेका छन् ।