१६ मंसिर २०८२, सोमबार
१६ मंसिर २०८२, सोमबार
साउथ सुपरस्टार रजनीकान्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
साउथ सुपरस्टार रजनीकान्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
  • न्युज डेस्क

१५ मंसीर काठमान्डौं । साउथ भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो अभिनय यात्राको ५० वर्ष पूरा गरेका छन् । यसै अवसरत, शुक्रबार गोवामा आयोजित ५६ औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवले उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै विशेष सम्मान प्रदान गरेको छ ।समापन समारोहमा ७४ वर्षीय रजनीकान्तले अवार्ड ग्रहण गर्दा सम्पूर्ण हल उभिएर तालीका साथ स्वागत गरे ।

सम्मान स्वीकार्न मंचमा पुगेका उनले भावुक हुँदै आफ्नो पाँच दशक लामो करियरबारे चर्चा गरे ।रजनीकान्तले भारतीय सिनेमामा बिताएका ५० वर्ष आफूलाई केही वर्षजत्तिकै अनुभव भएको बताए । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले शाल र स्मृतिचिह्न प्रदान गर्दै उनलाई सम्मान गरेका थिए ।महोत्सवको क्रममा रजनीकान्तको हालै रिलिज भएको फिल्म ‘लाल सलाम’ प्रदर्शन गरिएको थियो । यो फिल्म रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले निर्देशन गरेको स्पोर्ट्स–एक्सन ड्रामा हो, जसको स्क्रिनिङमा ऐश्वर्याको पनि उपस्थिति थिइन् ।

  • १६ मंसिर २०८२, सोमबार प्रकाशित
  • Nabintech