१३ कार्तिक २०८२, बुधबार
१३ कार्तिक २०८२, बुधबार
जारी २ को ट्रेलर सार्वजनिक
जारी २ को ट्रेलर सार्वजनिक
  • न्युज डेस्क

११ कात्तिक काठमाडौं । कार्तिक २१ गते रिलिज हुने सिनेमा ‘जारी २ सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ।सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रूपमा प्रस्तुत गरिएको छ । जारी २ ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

दया र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई यो सिनेमा हेर्न प्रेरित गर्नेछ।ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ ।तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ। यस हिसाबले यो फिल्म दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ।

  • १२ कार्तिक २०८२, मंगलवार प्रकाशित
  • Nabintech