१४ भदौं काठमान्डौं । लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् ।शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् ।
उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् ।यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् ।मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् ।