२८ भदौ बर्दिया । बबई नदी खतरा तह पार गरेको छ । लगातारको वर्षाका कारण बर्दियास्थित बबई नदी शुक्रबार बिहान खतरा तह पार भएको बताइएको छ । बबई नदी जलमापन केन्द्रमा जलसतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
२७ भदौ जुम्ला । पहिरोले कर्णाली राजमार्ग पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो...
२६ भदौ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मिको राजीनामा स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले आज बुधबारबाट लागु हुनेगरी मंगलबार दिउँसो राजीनामा पत्र बुझाउनु भएको थिया । मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्री कुर्मिले बुझाएको राजीनामा आज बुधवार स्वीकृत गर्नु भएको हो । बाँके क्षेत्र...
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन...
२५ भदौ रोल्पा । रोल्पामा ७१ वर्षिय वृद्धाको हत्या भएको प्रहरीले जनाएको छ । रोल्पाको थवाङ गाउँपालिकामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धाको हत्या भएको प्रहरीले जनाएको छ । थवाङ गाउँपालिका २ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।उनको हत्या गरेको आरोपमा उनका नाति ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
२४ भदौ काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । दुईपटक तोकिएको मितिमा पनि निर्वाचन हुन नसक्नु दुखद भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।“यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झन्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित...
२४ भदौ, रुकुम पश्चिम। रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । उनीहरुको शव सोमबार...
२४ भदौ बर्दिया । बर्दिया जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । संघको साधारण सभाले शर्मालाई निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा तुलुमल्ल ठकुरी , सचिवमा तुलाराम थापा मगर , कोषाध्यक्ष मिना चौधरी रहनु भएको छ । यसै गरी महेमुद अली मनिहार, सगीता थापा, राजेश लोध , कमलबहादुर खडका र बर्नि भण्डारी सदस्य रहनु भएको छ । सो साधारण सभा...
२४ भदौ काठमान्डौ । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा खाने समय घट्ने भएको छ। आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन्।उनका अनुसार अब खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको छ। खाजाको नयाँ समय दिउँसो साढे १ बजे देखि २ बजेसम्म तोकिएको...
२४ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्न पुगेको छ ।यो श्रीको आजका लागि पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ । श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक...