१० जेठ काठमाडौं । भारतको तेलंगाना राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले अत्यधिक गर्मी र लु तातो हावाको लहर का कारण १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।
१० जेठ जाजरकोट । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०र११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका...
८ जेठ कैलाली । सशस्त्र प्रहरीको तालिममा सात जना जवान बेहोस भएका छन् ।कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा सात जना जवान बेहोस भएका हुन् ।बेहोस भएकामध्ये छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ । अन्य एक जनाको टीकापुर अस्प्तालमा उपचार भइरहेको छ ।सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत...
७ जेठ काठमाडौं । वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’ बहिष्कारको परे तर एकको व्यापार ठीकठाक देखिँदा अर्को संकटमा परेको छ । नथिया कुप्रथाको घटनामा बनेको फिल्म ‘लालीबजार’ले सुरुवाती ११ दिनमा ४ करोड २९ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।अब एक साता फिल्मले मध्यम व्यापार गरे बक्स अफिसबाटै लगानी सुरक्षित गर्ने देखिन्छ...
७ जेठ रुकुम पश्चिम । बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाकोसानीभेरी गाउँपालिका वडा नं १ का ती व्यक्तिले नाताले बुहारी पर्ने महिलालाई पटक पटक बलात्कार र ज्यान मार्ने धम्की दिएको भन्दै हाडनाता जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको हो। अभियोगपत्रमा उल्लेख भए अनुसार, पीडित महिलाका श्रीमान वैदेशिक रोजगारीका...
४ जेठ काठमान्डौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद कृष्णकुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नाइजेरियन महिलालाई गर्भवती बनाएर बेपत्ता भएका हुन् । गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन्...
४ जेठ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोली सजिलै विजयी भएको छ।स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले...
४ जेठ काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा...
४ जेठ काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६...
३ जेठ काठमान्डौ । देशभरका सुकुम्वासीले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन सुरु भएको थियो । त्यहाँबाट प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क,...