१९ जेठ काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा...
१८ जेठ दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो । गुडिरहेको गाडी एक्कासि ब्रेक फेल भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...
१८ जेठ बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुईजनाको मृत्यु भएको छ ।सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भीरबाट...
१८ जेठ काठमान्डौ । रोयल च्यालेञ्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ ।गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलोरले लगातार दोस्रोपटक उपाधि जितेको हो ।फाइनल खेलमा गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । यस वर्षको सम्पन्न आईपीएलमा राजस्थान रोयल्सका उदीयमान...
१७ जेठ काठमाडौँ । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी ले जितेको छ। फाइनलमा इङ्लिस क्लबआर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त समय गरी १ सय २० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।खेलको सुरुआतमै काई हाभर्ट्जले गोल...
१७ जेठ काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको...
१६ जेठ काठमाडौं । सरकारले शिक्षा क्षेत्रका निम्ति दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार जेठ १५ संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
१६ जेठ, अछाम । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन...
१५ जेठ काठमाडौं । सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ ।आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।अर्थमन्त्री वाग्लेले भने– चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ ।
१५ जेठ काठमान्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले साढे ६ खर्बबढी घाटाको बजेट ल्याएका छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ - ८४ को आय व्ययसहित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिए । जसमध्ये खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको सरकारले वैदेशिक...