जाजरकोट । भेरी नगरपालिका १ रिम्नामा लिप्ट सिंचाई आयोजना निर्माण भएपछि कृषक हर्षित भएका छन् । कृषि विकास कार्यालय जाजरकोटको ८० प्रतिशत अनुदान र स्थानीय उपभोक्ताको २० प्रतिशत श्रमदान बाट लिप्ट सिंचाई आयोजना निर्माण भएपछि उनीहरु खुशी भएका हुन् । जम्मा २५ लाख लागतमा निर्माण भएको लिप्ट आयोजना बाट रिम्नाका करीब १ सय घरधुरी लाभाम्वित हुने स्थानीय दिनेश रानाले बताए...
जाजरकोट । जाजरकोट जिल्लाका कयौँ मानिसहरुको आर्थिक अवस्था कमजाेर छ । उनीहरु मजदुरी नगरेसम्म घरको गर्जो कसरी टार्ने भन्ने चिन्तामा हुन्छन यहाँका कयौँ बालबालिकाको जिवन झनै कष्टकर छ । उनीहरुको अध्ययनको अवस्था त टिठलाग्दो देखिन्छ । यस्तै समस्याबाट गुर्जिरहेका बालबालिकालाई भने भेरी नगरपालिका ३ को थाप्लेमा रहेको नवज्याेती इङलिस बोडिङ स्कुलले निशुल्क अध्ययन गराईरहेको...
सल्यान । सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 बाट यो भिडिओ अपलोड भएको थियो । सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने...
जाजरकोट । जाजरकोटमा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकाले हात पारेकाे छ । उद्घाटन त्रिभुवन मावि खलगांकाे मैदानमा भएपनि रातोमाटो भएको खेलमैदानमा बर्षातका कारण खेल हुन नसकेपछि विहिवार देखि भेरीत्रिवेणी मावि रिम्नामा खेल खेलाउन थालिएको थियाे । स्थान परिवर्तन गरेर संचालन भएकाे प्रतियाेगितामा २१ स्वर्ण, ७ रजत २ कास्य सहित कुल ३१...
बाँके । भारत लैजाँदै गरेको २५० बोरा अफिमको दाना जमुनाहा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । नेपालबाट भारततर्फ फर्किरहेको आर.जे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर भारत छिर्न शुक्रवार विहान जमुनाहामा पुगेर इन्ट्री गराउने क्रममा सोधपुछ गर्दा चालक भागेपछि कन्टेनर नियन्त्रणमा लिई खानतलाशी गर्दा ठूलो परिमाणमा अफिमका दाना भरिएका बोराहरु भेटिएको हाे । निकासी प्रमाणीकरणबिनाको...
जाजरकाेट । जाजरकोट खलंगाको रातो दरवार प्रांगणमा लयमा कविता वाचन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुति भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा असार २९ गते लयमा कविता वाचन प्रतियोगिताको आयोजना हुन लागेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खलंगाको पहिलो दरवार रातो दरवारको प्रांगणमा खुला कविता वाचन प्रतियोगिता...
जाजरकोट । अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम बिहिबार समापन भएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक सहयोमा संचालन भएको एक महिने उक्त तालिम भेरी नगरपालिका–४ शान्तिचौतारामा समापन भएको हो । कुशे गलैंचा अल्लो उद्योगको आयोजनामा संचालित एक महिने अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम विहिबार समापन गरिएको थियो । १० जना सहभागी रहेको एक महिने...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे...
जाजरकाेट । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला...
दोलखा । दोलखाको विगु गाउँपालिका–१ लामाबगरको रिकु भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लामाबगरस्थित रिकु भिरबाट लडेर जाजरकोटका छेडागाड नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनी मजदुरीका लागि दोलखा पुगेका थिए । पुनको लामाबगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक...