१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
  • न्युज डेस्क

जाजरकोट । जाजरकोटमा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु गरिएको छ ।

जिल्ला विपत व्यवस्थापनको कोषबाट आवास निर्माणका लागि पहिलो किस्ता बापतको ८ करोड २७ लाख २५ हजार रुपैयाँ शिवालय गाउँपालिकाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको हो ।

शिवालय गाउँपालिकाले लाभग्राही कायम गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाएको हुँदा पहिलो किस्ता बापतको रकम सम्बन्धित पालिकाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा रकम पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।

शिवालय गाउँपालिकाकाको स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान कायम र स्वीकृति भई आएका ३ हजार ३ सय ९ लाभग्राहीहरूलाई अस्थायी आवास निर्माण अनुदान अन्तर्गत प्रथम किस्ता बापतको २५ हजारका दरले हुन आउने ८ करोड २७ लाख २५ हजार रकम पालिकामा पठाइएको हो ।

जाजरकोटमा ३४ हजार चार ९८ घरमा भूकम्पले क्षति पु¥याएको प्रारम्भिक विवरण छ । जसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ

  • १५ मंसिर २०८०, शुक्रबार प्रकाशित
  • Nabintech