५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार
एकिकृत समाजवादीले गर्याे भुकम्प पिडितलाइ राहत वितरण
एकिकृत समाजवादीले गर्याे भुकम्प पिडितलाइ राहत वितरण
  • न्युज डेस्क

जाजरकाेट । नेकपा एकिकृत समाजवादीले जाजरकाेटमा भुकम्प पिडितलाइ राहत वितरण गरेकाे छ ।

समाजवादीले केन्द्रीय  अध्यक्ष  माधव कुमार नेपालको पहलमा ग्रामीण विकासका लागि चाइना फाउन्डेसनबाट प्राप्त राहत सामाग्री वितरण गरेकाे हाे ।

भुकम्पले प्रभावित विद्यालय भेरी नगरपालिका २ काे जनता प्रा.बि र बिष्णु प्रा.बि का १ सय ३५ जना विद्यार्थिहरुलाई पोषण युक्त खाध्यान सामाग्री बितरण गरेका छन  ।

त्यसैगरी उक्त पार्टिकाे कर्णाली प्रदेश कमिटी को आर्थीक सहयोगमा  ५० हजार रुपैयाको फाइवर सिरक २५ थान, ठुलो त्रिपाल १० वितरण गरेकाे छ ।

कमान खड्काको व्यक्तिगत लगानीमा ४ लाख बढीको राहत प्रदान

नेकपा एकिकृत समाजवादीका जिल्ला पार्टीै अध्यक्ष कमान खड्काले ब्यक्तिगत लगानीमा ४ लाख वढिको राहत सामाग्री वितरण गरेका छन् ।

जिल्ला अध्यक्ष खड्काले भुकम्पबाट अति प्रभावित क्षेत्रका विपन्न नागरिकलाई ४ लाख १३ हजार १ सय ८० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको कार्यालय सचिव शिव प्रसाद शर्माले वताए । खड्काले जिल्लाको भेरी नगरपालिकाको वडा नं. १, २ र ११ का २ सय ८८ घर परिवारलाई न्यानो कपडा, खाद्यान्न, त्रिपाल, ब्लाङ्गकेट लगाएतको राहत सामाग्री वितरण गरिएको शर्माले बताए ।

त्यसैगरि जिल्लाको भुकम्प प्रभावित क्षेत्रका एकल महिला, जेष्ठ नागरिक, बालबालिका, सुत्केरी महिलाहरुको लागि आवश्यक पर्ने सामाग्रीहरुको लागि २५ लाख बराबरको राहत सामाग्री वितरण गर्ने योजना रहेको शर्माले बताए ।

  • १७ मंसिर २०८०, आईतवार प्रकाशित
  • Nabintech