कोहलपुर । बाँके साक्षर जिल्ला घोषणा भएको छ । शनिबार एक औपचारी कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर जिल्ला घोषणा भएकाहरु मध्ये ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा भने ११ औं जिल्लामा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री ‘अथक’ ले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ प्रतिशत रहेको भन्दै...
काठमाण्डाै । नेपालले विश्वकप क्रिकेट लिग २ मा शनिबार नामिबियासँग लज्जास्पद हार बेहोरेको छ । निकै फितलो ब्याटिङपछि नामिबियाले शनिबार नेपाललाई ६३ रनले पराजित गर्यो । ब्याटिङमा फेरि पनि निकै कमजोर प्रदर्शन गरेपछि नेपालले एक अर्को हार बेहोर्नु परेको हो । २ सय रनको मध्यम लक्ष्य लिएर आएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । स्कटल्यान्डको एयरमा दीपेन्द्रले आदिल...
जाजरकाेट । भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर भेरी र बारेकोटले पूर्णखोप सुनिश्चितता पालिका...
जाजरकाेट । जाजरकोटका स्थानीय तहमा ३१ करोड बढी बेरुजु आएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा जाजरकोटमा सात स्थानीय तहमा ३१ करोड ५० लाख ९७ हजार बेरुजु देखिएको हो । जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम नलगाड नगरपालिकामा रहेको छ । नलगाडको ८ करोड ६७ लाख २१ हजार रहेको छ । नगरपालिकाले १ अर्व २९ करोड ३७ लाख ३ हजार...
काेहलपुर । साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक भएको छ । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुक्सले सार्वजानिक गरेको हो । लामो समयदेखि साहित्य लेखनमा निरन्तरता दिदै आएका ढकालले पछिल्लो पटक उपन्यास ल्याउन थालेका हुन् । पूर्णिमा साहित्य...
काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल...
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ पृथ्वीनारायण...
जाजरकोट । जाजरकोटमा “शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ”को जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशिल शिक्षा तथा बालअधिकार, मानवअधिकार को क्षेत्रमा काम गर्ने सस्थाहरुको प्रतिनिधित्व गराई ९ सदसीय जिल्ला साखा निर्माण गरिएको हो । युवा जागरण विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतको संयोजकत्वमा भएको उक्त संजालका सदस्यहरुमा...
बाँके । कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् । कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने गरेको उपभोक्ताले...
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो...