१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
नलगाडमा फिजियोथेरापी सेवा सुरु
नलगाडमा फिजियोथेरापी सेवा सुरु
  • paschimpatra

जाजरकोट । प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ ।

पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) परियोजना अन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी सुरु गरिएको हो ।

प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाडजोर्र्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास भएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिनुभयो ।

प्राथमिक अस्पतालमा फिजियोथेरापी सेवा केन्द्र स्थापना र सञ्चालन गर्न नलगाड नगरपालिका, ह्याण्डीक्याप इन्टरनेशनल फेडेरेसन र पाँचतारा युवा संरक्षक मञ्च बिच भएको त्रिपक्षिय सम्झौता अनुसार प्राथमिक अस्पतालको फिजियोथेरापी सेवा केन्द्रका लागि र अपांगता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुन स्थापनाका लागि गत साउन ३ गते सम्झौता भएको थियो ।

नगरपालिकामा फिजियोका लागि आवश्यक सम्पुर्ण सामग्री पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले नगर प्रमुख डम्बर बहादुर रावत मार्फत अपस्ताललाई हस्तान्तरण गर्नुभएको परियोजना संयोजक गगन खड्काले जानकारी दिनुभयो ।

नगर प्रमुख डम्बर बहादुर रावत , प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराइ, स्वास्थ्य शाखा प्रमुख तप्त चुनारा, अस्पताल प्रमुख राजेश सिँह, पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त , ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका प्राविधिक अधिकृत प्रज्वल गिरी लगायतको टोलीले फिजियोथेरापी कक्षको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।

अनुगमनका क्रममा फिजियोथेरापिष्ट प्रिमान गुरूङले ठाउँ अभावका कारण सबै सेवा दिन संभव नभएको बताउनुभयो । उहाँले फिजियोको लागि उपयुक्त स्थान भएमा फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रीफर गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास ब्यक्त गर्नुभयो ।

नगर प्रमुख डम्बर बहादुर रावतले नगरबासीहरूले फिजियोथेरापी सेवा लिन नेपालगन्ज जानु पर्ने अवस्थाको अन्त हुने बताउनु भयो । यो सेवाले बारेकोट गाउँपालिका र आठबिस नगरपालिका रुकुम पश्चिमका जनताले पनि सेवा लिने कुरा बताउनु भयो ।
संस्थाले १९ लाख १२ हजार बराबरको आवश्यक सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।

  • २४ पुष २०८०, मंगलवार प्रकाशित
  • Nabintech