१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
बारेकोटका ३ सयभन्दा धेरै भूकम्प प्रभावितले आयुर्वेद सेवा पाए
बारेकोटका ३ सयभन्दा धेरै भूकम्प प्रभावितले आयुर्वेद सेवा पाए
  • paschimpatra

जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित बारेकोट गाउँपालिकाका ३ सयभन्दा धेरैले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा बारेकोट गाउँपालिकाको लिम्सामा अवस्थित वीरेन्द्र ऐश्वर्य माविमा भएको निशुल्क योग तथा स्वास्थ्य शिविरमा १ सय ६ पुरुष र २ सय १० महिलाले सेवा लिएका हुन् ।

पेट, पाचन, हाडजोर्नी, नसा, मलद्वार, श्वासप्रश्वाससमन्धी समस्या भएका बिरामीलाई सेवा दिइएको आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा धनवीर बुढाले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश आयुर्वेद तथा अनुसन्धान केन्द्र सुर्खेतका डा शङ्कर रिजाल, विशेषज्ञ चिकित्सक डा खेम तिमिल्सिना, आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका डा रेणु डीसीलगायतले बिरामी जाँच तथा उपचार गर्नुभएको थियो ।

जाजरकोटको खलङ्गामा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने नलगाड, छेडागाड र शिवालयमा आयुर्वेद औषधालय अनि बारेकोट, जुनीचाँदेलगायतका पालिकामा नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा दिइएको डा बुढाले जानकारी दिनुभयो ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित
  • Nabintech