१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली र एपीएफ विजयी
प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली र एपीएफ विजयी
  • paschimpatra

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएका छन् ।

भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । कर्णालीका हिमांशु शाहीले ५३ रन बनाए । गण्डकीका अङ्कित न्यौपानेले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनायो । गण्डकीका अमृत गुरुङ र कमल परियारले सर्वाधिक समान २१ रन बनाए । कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान २ विकेट लिए ।

यस्तै आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । बाग्मतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो । एपीएफका सन्दीप जोराले शतक बनाए । जोरा १ सय १७ बलमा १ सय १२ रन बनाएर आउट भए । बाग्मतीका सूर्य तामाङले ३ तथा प्रतिस जीसी र रिजन ढकालले समान ३ विकेट लिए ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित
  • Nabintech