१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन, ऊर्जामन्त्री बस्नेतद्वारा उद्घाटन
चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन, ऊर्जामन्त्री बस्नेतद्वारा उद्घाटन
  • न्युज डेस्क

जाजरकोट । छेडागाड नगरपालिका ५ चंखीला जाजरकोटमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन समारोहमा बोल्नु हुँदै मन्त्री बस्नेतले नागरिकलाई संघीयताको सुन्दर प्रत्याभूतिको लागि यस कार्यालय महत्वपूर्ण हुने बताउनुभयो । साथै यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलंगा जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

यस कार्यालयबाट पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका सेवा पाउने भएका छन् । यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन् ।

जाजरकोटको पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको सुरुवातसँगै नागरिकमा निकै राहत पुगेको छ । आफ्ना घरको खाना खाएर पनि बिना खर्चमा नागरिकता लगायत सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीय मानबहादुर बुढाले बताउनुभयो ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले इलाका प्रशासन कार्यालय स्थापनासँगै अब यस क्षेत्रका नागरिकका लागि चार हजार रुपियाँ खर्च गरेर सदरमुकाम खलंगा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । यस सेवाले आफुहरुमा निकै सेवा पुग्ने थापाको भनाइ छ ।

कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई नागरिकता लगायत सरकारी सेवा सुविधा घर दैलोमा दिन यो कार्यालयबाट सेवा सुचारु भएको बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित
  • Nabintech