५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार
भुकुम्प प्रभावित बालबालिकाहरुका लागि बालमैत्री कक्षा स्थापना
भुकुम्प प्रभावित बालबालिकाहरुका लागि बालमैत्री कक्षा स्थापना
  • paschimpatra

जाजरकोट । भूकम्पका कारण डराएका बालबालिकालाई केन्द्रित गरेर सेभ द चिल्ड्रेन र पडाडि क्षेत्र बिकास अभियानको साझेदारीमा बालमैत्री कक्षा स्थापना गरिएको छ ।

गत १७ गते गएको विनासकारी भुकम्पबाट प्रभाबित बालबालिकाहरुलाई तत्काल भुकम्पको प्रभावलाई कम गरि उनिहरुमा हुनसक्ने जोखिमहरु न्यूनीकरण गर्ने उद्येश्यले बालमैत्री कक्षा स्थापना गरिएको हो ।

पालिका स्तरीय बालअधिकार समिति र वडास्तरीय बाल अधिकार समितिको सहकार्यमा तथा सशत्र प्रहरी बलको सहयोगमा भेरीनगरपालिकाको विभिन्न वडाहरुमा ६ बालमैत्री कक्षा स्थापना गरिएको पहाडी क्षेत्र बिकास अभियान द्धारा संचालित अवसर दोस्रो परियोजनाका बाल संरक्षण संयोजक शेषकान्त शर्माले जानकारी गराए ।

शर्माका अनुसार यस कक्षाबाट १ सय ३० बढी बालबालिकाहरु लाभावीत हुने छन भने उक्त कक्षाहरुलाई ब्यवस्थीत तरिकाले संचालन गर्नका लागि सेभ द चिल्ड्रेन र पडाडि क्षेत्र बिकास अभियानले सहयोग गर्ने र कक्षामा भएका सिकाई सामाग्रीहरु लाई सुरक्षीत र व्यवस्थापन वडा बाल अधिकार समितिल गर्ने छ ।

वालमैत्री कक्षा भेरी नगरपालिकाको वडा नं १ को रिम्ना,कालेगाउँ र मैदे त्यस्तै वडा नं २ को दारागाउँ, वडा नं ३ को स्याला र वडा नं ५ को काफलचौरमा आयोजना गरिएको थियो ।

  • १३ मंसिर २०८०, बुधबार प्रकाशित
  • Nabintech