१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
चिसोले जाजरकोटमा एक सुत्केरीको मृत्यु
चिसोले जाजरकोटमा एक सुत्केरीको मृत्यु
  • paschimpatra

जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ ।

जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् ।

कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान त्रिपालमा बस्दै आएकी थिए ।

यसअघि मंसिर १० गते जाजरकोट नलगाडकी २५ वर्षीय सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित
  • Nabintech