२४ भदौ, रुकुम पश्चिम। रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । उनीहरुको शव सोमबार...
२४ भदौ बर्दिया । बर्दिया जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । संघको साधारण सभाले शर्मालाई निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा तुलुमल्ल ठकुरी , सचिवमा तुलाराम थापा मगर , कोषाध्यक्ष मिना चौधरी रहनु भएको छ । यसै गरी महेमुद अली मनिहार, सगीता थापा, राजेश लोध , कमलबहादुर खडका र बर्नि भण्डारी सदस्य रहनु भएको छ । सो साधारण सभा...
२४ भदौ काठमान्डौ । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा खाने समय घट्ने भएको छ। आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन्।उनका अनुसार अब खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको छ। खाजाको नयाँ समय दिउँसो साढे १ बजे देखि २ बजेसम्म तोकिएको...
२४ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्न पुगेको छ ।यो श्रीको आजका लागि पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ । श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक...
काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष...
जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता भएका छन् । बारेकोट गाँउपालिका ६ धुमा गाँउमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका हुन भने भने एक बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उहाँकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएको जिल्ला प्रहरी...
२२ भदौ काठमान्डौ । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक डीएसपी हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको...
२२ भदौ बाँके । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।बाँकेको कोहलपुर कोहलपुर नगरपालिका वडा नम्बर १० डाइनामिक स्कुल नजिकै बस्ने वर्ष अन्दाजी ३९ को भुपेन्द्र सुनारले चलाएको मोटरसाइकल कोहलपुर नगरपालिका वडा नम्बर १० कौशिल्या अस्पताल नजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा परी सुनारको मृत्यु भएको जिल्ला...
२२ भदौ काठमान्डौ । बलिउड अभिनेता नवाजुद्दीनसिद्दीकी नेपाल आएका छन्।मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन्।फिल्मको प्रिमियर भोलि हुँदैछ। प्रिमियरमा नवाजुद्दीन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो। मीनबहादुर...
२२ भदौ काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु जीबी राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोल लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो एनसिबी मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । जीबी मलेसियामा लोकेट भएपछि...