६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
‘स्त्री २ को कमाई ६०० करोड भारु पार
‘स्त्री २ को कमाई ६०० करोड भारु पार
  • न्युज डेस्क

९ असोज काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार मात्रै फिल्मले ४.८५ करोड भारु कमायो ।शुक्रबार ‘सिनेमा दिवस’को अवसरमा फिल्मले दर्शकलाई ठूलो संख्यामा हलसम्म तान्न सक्यो । उक्त दिन टिकटको मूल्य ९९ भारु तय थियो । ‘स्त्री २’ ले शाहरुख खानको अघिल्लो ब्लकबस्टर ‘जवान’को कमाइ ५८२ करोड भारु लाई पनि उछिनेको छ ।

  • ९ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech