९ असोज रोल्पा । रोल्पासहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी बाजुराको बुढिगंगा नगरपालिका ४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार चट्याङ लागेर दोधाराचाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लाझाडी गाउँपालिकाकी १ का २८ वर्षीय हिरामती रानाको मृत्यु भएको हो ।रुखमा ओत लाग्ने क्रममा सुनारलाई चट्याङ लागेको थियो भने रानालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाकै २ जना घाइते पनि भएका छन् ।
घाइते हुनेमा ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार रहेका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायव प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीले जानकरी दिएका छन् ।