२५ साउन बाँके । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनु भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गुर्न भएको थियो । प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिनु...
२५ साउन काठमान्डौ । आज नाग पञ्चमी हिन्दु धर्मावल्मीहरूको घरघरमा नागको पूजा गरिँदै छ । आज नागको फोटो घरको मूल ढोकामा टाँसेर पूजाआजा गर्ने प्रचलन छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्पको भय हुँदैन भन्ने हिन्दु शास्त्रको मान्यता रहेको छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार घरका मूलढोकामा...
२४ साउन बाँके । बाँकेमा विद्यालयको वसले ठक्कर दिदा १ जनाका मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाँउपालिका ९ स्थित ढकेरी सडक खण्डको झिझिरी खोलाको ओरालोमा बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौंडी ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सोहि स्थानका गोविन्द ओलीले ठक्कर दिएको र उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...
दीपक शर्मा २४ साउन बर्दिया । बर्दियामा सर्पको टोकाईबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन । बर्दियाको गुलरिया नगरपालिका १ निवासी विष्णु चौधरीका ९ महिनाको छोरा मायरा चौधरीलाई विहिवार विहान ४ वजेतिर आमासंग सुतिरहेको बेला पहिचान नखुलेको सर्पको टोकाइबाट गम्भिर घाइते भई उपचारको क्रममा विहान ७ वजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना...
२४ साउन,बाँके । बाँकेमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–४ किरणनाला खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
२४ साउन काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।एक एयर ट्राफिक कन्ट्रोलर एटिसीका अनुसार...
काठमाडौँ । बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४...
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । क्याप्टेन र ४ विदेशी सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा...
साउन २३ दाङ । रक्सि खाएको जोसमा दाङका एक युवाले बियरको बोतलका सिसा खाएपछि गम्भिर घाइते भएका छन । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले आफ्नै घरमा मदिरा सेवनपछि बियरको बोतल फोडेर सिसाका टुक्रा खाएको प्रहरीले जनाएको छ । मंगलवार बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएपछि उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक...
२२ साउन जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–६, गञ्जमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा जीपका चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले...