२७ साउन रुकुम पश्चिम । ४९ वर्षिय महिलाको हत्याको आरोपमा २३ वर्षिय युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार...
२७ साउन बाँके । बाँकेमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएका छ । मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका ९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकले चलाएको बा प्र ०३००५ प २०५५ नम्वरको मोटरसाइकल लाई बाँकेको बैजनाथ गाउपालिका जि गाँउ चोकमा शनिवार भे १ क २०६२ नम्बरको ट्कले ठक्कर दिएको थियो । ठक्करबाट...
२७ साउन काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिवार साँझ निधन भएको हो । “घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको थियो, “अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।”गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’लगायत...
२६ साउन बंगलादेश । बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामाबंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ । ‘हाम्रा प्रधानन्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानुन मन्त्रालयमा...
२६ साउन सुर्खेत । प्रहरीले सुर्खेतबाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर–६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।चौकुने गाउँपालिका–८,...
२६ साउन काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् । उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित...
२६ साउन काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको माइतीघरमा राष्ट्रिय एकता अभियानको ब्यानरमा प्रदर्शन गरिएको हो ।विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूको भनाइ थियो । प्रदर्शनमा उत्रिएकाहरूले ‘हिन्दुहरूमाथिको दमन बन्द गर’, ‘नेपाललाई...
२६ साउन सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो । नदीको जलसतह बढ्दो रहेको महाशाखाले जनाएको छ । भेरी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन एसएमएस अलर्टसमेत जारी गरिएको छ ।
२६ साउन साउ पाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै...
२५ साउन काठमाडौं । दरबारमार्गमा भ्वाङ परेको सडकमा खसेर इन्सपेन्टर घाइते भएका छन । टुकुचा छोपेर बनाइएको दरबारमार्ग काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको थियो । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएको बताइएको छ । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका...