१६ असोज बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकै एम्बुलेन्स दुर्घटनामा परेको छ।
जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सुपप्र०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर खोडपे नजिकै दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। दुर्घटनामा परेको एम्बुलेन्स जिल्ला अस्पतालको रहेको बताइएको छ।एम्बुलेन्समा एक गर्भवती महिलासहित ३ जना सवार रहेका बताइएको छ। एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरूलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको छ। एम्बुलेन्सलाई नालीबाट निकालेर खोड्पे प्रहरीचौकीमा राखिएको छ।एम्बुलेन्स चालक ५० वर्षीय प्रकाश चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक प्रकाशले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ।