१६ असोज, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय एमयूको रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो ।
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति प्रधानमन्त्री बाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति प्रा डा। ध्रुव कुमार गौतमले भदौ ३० गते १० दिने सूचनामार्फत आवेदन मागेका थिए ।
तीन सदस्यीय रजिस्ट्रार सिफारिस समिति गठन गरिएको र सोही समितिले दिएका नाममध्येबाट एक जनालाई नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उपकुलपति गौतमले अनलाइनखबरलाई बताए । उनका अनुसार समितिले आवेदकको भिजन पेपर, विषयगत विज्ञता र कार्यानुभवका आधारमा नाम सिफारिस गर्नेछ ।नयाँ रजिस्ट्रारका लागि १३ जनाको दरखास्त परेको विश्वविद्यालयका उपकुलपति प्रा डा। ध्रुव कुमार गौतमले जानकारी दिए । उनले अबको एक महिनाभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने बताए ।रजिस्ट्रारका लागि आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व निमित्त रजिस्ट्रार, पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।