१९ भदौ काठमाडौँ । गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति लाई नियन्त्रणमा लिइएको बताइएको छ । गृह मन्त्रालयको लेटर हेडमा बुधवार आज बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने...
१८ भदौ सुर्खेत । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने भएको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा। शिवजी पौडेल तथा सुर्खेत...
१८ भदौ सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भदौ १५ गते शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले सर्वसम्मत रूपमा खड्काको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।भेलाले प्रेम बोहरा उपप्रमुख, ललित चन्द महासचिव, हरि अधिकारी सचिव र स्नेहा उपाध्याय कोषाध्यक्ष चयन...
१८ भदौ काठमान्डौ । घरेलु टोली पाकिस्तानविरूद्धको दुई खेलको टेस्ट सिरिज बंगलादेशले ‘क्लिनस्विप’ गरेको छ। मंगलबार राउलपिन्डीमा सकिएको दोस्रो टेस्टमा ६ विकेटको जित निकालेसँगै बंगलादेशले पाकिस्तानविरूद्ध सिरिज २ सुन्य ले जितेर क्लिनस्विप गरेको थियो। बंगलादेशले पाकिस्तानविरूद्ध पहिलो पटक टेस्ट सिरिज जितेको हो।यसअघि पहिलो टेस्ट जितेर बंगलादेशले पाकिस्तानविरूद्ध...
१८ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत मलिा ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा भोलि काठमाडौं आइपुग्दै छिन् । उनीसहित नेपाली टोलीलाई...
१८ भदौ काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ ।
१७ भदौ सुर्खेत । पहिरोको कारण बन्द रहेको कर्णाली राजमार्ग ५ दिन पछि सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि रोकिएका थिए । गत बुधबार भदौ १२ राती परेको अविरल वर्षापछि अवरुद्ध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको...
१७ भदौ, कैलाली । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा...
१७ भदौ बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका...
काठमाडौं । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी आज मोती जयन्ती मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनु भएको थियो । नेपाली साहित्यको शृङ्गार...