२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
भ्रष्टाचारको दोस्रो स्थानमा शिक्षा क्षेत्र
भ्रष्टाचारको दोस्रो स्थानमा शिक्षा क्षेत्र
  • न्युज डेस्क

१ असोज काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने निकायको दोस्रो स्थानमा शिक्षा क्षेत्र देखिएको छ ।

आर्थिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा भ्रष्टाचारका कुल उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित सरदर १५ प्रतिशत छन् ।आयोगले राष्ट्रपति समक्ष पेस गरेको आर्थिक वर्ष २०८०  र  ०८१ को वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकायको दोस्रो नम्बरमा शिक्षा क्षेत्र परेको छ ।आर्थिक वर्ष २०८०र०८१ मा आयोगमा विभिन्न माध्यमबाट २६ हजार ९१८ उजुरी परेका थिए । त्यसमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका नौ हजार ९१८ गरेर जम्मा ३६ हजार १८६ उजुरी रहेको आयोगले जनाएको छ ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech