३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
एक महिनामा बाँके प्रहरीद्धारा ५१ जना फरार प्रतिवादीहरु पक्राउ
एक महिनामा बाँके प्रहरीद्धारा ५१ जना फरार प्रतिवादीहरु पक्राउ
  • न्युज डेस्क

xr:d:DAFDd8nIUJk:4,j:28494880316,t:22061307

१ असोज बाँके । एक महिनाको अवधिमा बाँके प्रहरीले ५१ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको जनाएको छ ।
भदौ एक गतेदेखि भदौ मसान्तसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरिएको हो ।एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय बाँकेमा ६३ वटा मुद्दा दर्ता भएकोमा ६२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको र २४ वटा पेन्डिङ मुद्दाहरू फर्छ्यौट गरिएको जिप्रका बाँकेले जनाएको छ । ठाडो उजुरी ५१० वटा परेकोमा ४१४ फर्छौट भएको र ९१ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको बाँके प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी कार्यालयहरू समेतबाट खटिएका प्रहरी टोलीहरूले फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने अभियान सञ्चालन गरिएको थियो।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech