३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बर्दियामा एक जना महिलाको हत्या एक जना पक्राउ
बर्दियामा एक जना महिलाको हत्या एक जना पक्राउ
  • न्युज डेस्क

२ असोज, बर्दिया । बर्दियामा मंगलबार राती एक जना महिलाको घरमै हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा गएराति १२ बजेर ३० मिटेमा ३९ वर्षीया मीना थारुको धारिलो हतियार प्रया्ेग गरी गम्भिर घाइते अवस्थामा उद्धारगरी बारबर्दिया नगर अस्पतालमा लगिएको थियो उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले बताउनु भयो ।

हत्याको आरोपमा प्रहरीलेबारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु पप्पु नियन्त्रण लिएको छ । हत्याको कारण खुल्न सकेको छैन ।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech