जाजरकोट । एक सय ५५ बर्ष पुरानो इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच यो वर्ष पनि जाजरकोटमा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष जनै पुर्णिमा देखि श्रीकृष्ण जन्माष्टमिको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे नाच मंगलबार सकिएको छ । गठेमङ्गल पर्व मनाउँदै शुरु भएको यो नाच कृष्णाष्टमीको भोलीपल्ट मंगलबार कंसलाई मारेर समापन गरिएको हो । बोकालाई कंस मानेर बलि दिएपछि...
११ भदौ बर्दिया । नेपाल इन्जिनिएर्स एसोशिएसनको तेस्रो लुम्बिनी प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी स्वरुप उम्मेदवारहरुले प्रचार प्रसार कार्यलाई तिव्र पारेका छन । प्रचार प्रसार कार्यलाई तिव्र पार्नेक्रममा प्रगतिशील समुहका उम्मेदवारहरुले विभिन्न जिल्लामा गएर इन्जिनिएर्सका समस्या पहिचान गर्ने र त्यसको समाधानका लागी के गर्न सकिन्छ भन्ने विषलाई पनि...
११ भदौ सल्यान । चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् । सल्यान प्रहरीका सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लिइएको थियो । त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे...
१० भदौ कैलाली । अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका दुवैबीच कुटाकुट हुँदा दुइजना घाइते भएका छन् । कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी...
१० भदौ काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा...
९ भदौ सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । विगतमा भएका सहमति पालना नभएपछि प्राध्यापकहरु आन्दोलित भएका हुन् ।सरोकार पक्षसँगको सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन संकायका दुई जनालाई मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रेका हुन् ।क्याम्पसमा...
९ भदौ, काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका...
८ भदौ रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। ८ जनाको अवस्था अज्ञात छ।शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीनवटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिनु भयो ।‘वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन्।...
९ भदौ कैलाली । कैलालीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि सो शंकास्पद वस्तु भेटिएको हो । धनगढी उपमहानगरपालिका(४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको...
८ भदौ काठमाडौैं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् । नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।उनले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी...