१७ भदौ सुर्खेत । पहिरोको कारण बन्द रहेको कर्णाली राजमार्ग ५ दिन पछि सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि रोकिएका थिए । गत बुधबार भदौ १२ राती परेको अविरल वर्षापछि अवरुद्ध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको...
१७ भदौ, कैलाली । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा...
१७ भदौ बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका...
काठमाडौं । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी आज मोती जयन्ती मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनु भएको थियो । नेपाली साहित्यको शृङ्गार...
काठमाडौं । आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन। हरेक वर्ष भदौ कृष्ण पक्षको औँसीका दिन कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनलाई विशेस पर्वका रुपमा मनाउने गरिन्छ । आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी पर्व मनाइँदै छ। कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...
१६ भदौ जुम्ला । जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेको बताइएको छ ।गए राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले जानकारी दिनु भयो ।उहाका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर ४ लामाचौर पाटनमा १२ वटा भेडा मरेको खबर प्राप्त भएको हो। त्यसैगरी पातारासी गाउँपालिका वडा नम्बर २ तनेपाटनमा पनि ५२ वटा...
१६ भदौ रोल्पा । यो वर्ष सन् २०२४ को १९ जुलाईयता ३० अगष्टसम्म ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको छ । पछिल्लोपटक २८ अगष्टमा रोल्पामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित देखिएका छन् । ललितपुरमा ५० जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा...
१६ भदौ बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अबैध भएको दावी गर्नु भएको छ । आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा सहभागि हुन शनिबार नेपालगन्ज आइपुगेका प्रचण्डले पार्टी बलियो बनाउन जनताकामाझ आएको बताउनु भयो । प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले...
१६ भदौ, कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका(१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको हो । दुर्घटनामा धनगढी उपमहानगरपालिका २ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
१५ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५(८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा...