२१ माघ काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा आज मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ ।
धार्मिक मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ । सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।देशभरका सरस्वती मन्दिरमा भीड लाग्नुका साथै विद्यालयमा सरस्वती पूजा भइरहेको छ ।