२४ माघ सुर्खेत । निर्माणाधिन झोलुङ्गे पुलबाट खसेका मजदुरहरुको खोजीका लागि गोताखोर टोली घटनास्थल पठाइएको छ ।
सुर्खेतको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए ।पुल निर्माणस्थलदेखि झण्डै दुई सय मिटर तल गहिरो खोच रहेको, पानीको घुमाउरो बहाव र रात परेपछि बुधवार खोज्न अप्ठेरो भएको थियो ।बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलमा जाली लगाउने क्रममा लठ्ठाले हुत्याएपछि नदीमा खसेको स्थानीयले बताएका छन् ।बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर छन् ।