२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार
आगजनी र लुटपाट गर्ने मध्ये बर्दियामा ८ जना पक्राउ, अन्यको खोजी हुँदै
आगजनी र लुटपाट गर्ने मध्ये बर्दियामा ८ जना पक्राउ, अन्यको खोजी हुँदै
  • न्युज डेस्क

दीपककुमार शर्मा
१ असोज बर्दिया । बर्दियामा आगजनी र लुटपाट गर्ने लाई प्रहरीले खोजी गरिरहेको छ । यसै क्रममा जेनजीको आन्दोलनका नाममा बर्दियामा भएको आगजनी र लुटपाटको आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेनजीको आन्दोलनका क्रममा भदौं २४ गते गुलरिया नगरपालिका, नेकपा एमालेका पार्टि कार्यालय , नेपाली काग्रेसको पार्टि कार्यालय , बारबर्दिया नगरपालिका २ को वडा कार्यालय र सांसद सञ्ज कुमार गौतमको घर आगजनी र लुटपाट गरेको आरोपमा बर्दिया प्रहरीले आज सम्म ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी चक्रबहादुर डमरपालले जानकारी दिनु भयो । उहाका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका ४, ६ , ८, ७ र १२ का युवाहरु रहेका छन । अन्यको खोजी भैरहेको जनाएको छ ।

  • १ आश्विन २०८२, बुधबार प्रकाशित
  • Nabintech