२२ माघ जाजरकोट । जाजरकोटमा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन ।
मध्यपहाडी लोकमार्गका जाजरकोट खण्डस्थित छेडागाड नगरपालिका–११ मा मंगलबार विहान भे १ प १०५५ नम्बरको टिपर दुर्घटना भएको थियो।
मृत्यु हुनेमा दाङको तुल्सीपुर नगरपालिका–३ का ४० वर्षीय हरिप्रसाद भट्टराई रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार छेडागाड नगरपालिकाको नगर अस्पतालमा उपचारका क्रममा भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा परी चालक सुर्खेतको वीरेन्द्रनगर–१ का २५ वर्षीय सन्तोष सुनार र सहचालक दैलेखको नारायण नगरपालिका–८ का १८ वर्षीय सुजन रावल घाइते भएको तिमिल्सेनाले जानकारी दिनु भयो ।