२७ माघ जाजरकोट । जाजरकोटमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका २ जना मध्ये एक जनाको मृत्यु भएको छ ।शनिबार नलगाड नगरपालिकाको दल्लीबाट सदरमुकामतर्फ आइरहेको भे ५ ख ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका१ स्थित रिगौटा मोडमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाईकलमा सवार भेरी नगरपालिका२ रिसाङका ४० वर्षीय टली विकको मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकल चालक नलगाड नगरपालिका १ का ३३ वर्षीय भीमबहादुर चँदारा घाइते भएका छन्।उनको नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ ।