१२ असोज बर्दिया । क्रन्तिकारी कम्यूष्टि पार्टी नेपालले प्रचार प्रसारलाई तिव्रता दिएको छ ।यही ०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसार गर्दै बर्दिया जिल्लामा मोटरसाईकिल र्याली सम्पन्न गरेको छ । जिल्लाको बाँसगढीबाट शुरु गरिएको र्यालीले बारबर्दियाको बैदि चोक,ठाकुरवावा नपाको भूरिगाउँ,ठाकुरद्वारा,राजापुर नपाको...
१२ असोज काठमान्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्।
११ असोज काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए । नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका...
११ असोज बर्दिया । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट सहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । मनसुन फेरि सक्रिय भयो साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा...
१० असोज कैलाली । कैलालीमा साढे ३ किलो चरेशसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका ६ बस्ने २३ वर्षीय गोविन्द धामी र धनगढी उपमहानगरपालिका(३ मा बाजुरा होटल संचालक ४१ वर्षीया मनमति ऐडि रावत छन्। कैलालीको गौरिगंगा नगरपालिका ८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिनु...
१० असोज काठमान्डौ । माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी को २३औँ राष्ट्रिय सम्मेलन आज सुरु हुँदै छ। त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।भोलि विहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ। उक्त दिन विधान तथा प्रतिवेदन पेस...
९ असोज काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार मात्रै फिल्मले ४.८५ करोड भारु कमायो ।शुक्रबार...
९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो ।नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा...
९ असोज रोल्पा । रोल्पासहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । यसैगरी बाजुराको बुढिगंगा नगरपालिका ४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले...
९ असोज बाँके । बाँके प्रहरीले हुण्डि कारोबारमा संलग्न रहेका २ जनालाई पक्राउ सार्वजनिक गरेको छ । नेपालगंज उप(महानगर पालिका वडा नं ४ गणेशपुर स्थित मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रूपैया नौ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी गर्दा निजको घरबाट नेपाली सात लाख दस हजार दुई सय पचपन्न र भारतिय रुपैया उनान्साठी हजार पाँच...