२२ बैशाख रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटनाहुदा चालकको घटनास्थलमै मृत्यु भएको छ।दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ३ बागमारामा गएराति साढे ९ बजेतिर लु।प्र ०२–००१ त ८९ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको थियो। चुनबाङ...
जाजरकोट । बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोग फैलिँदा दुई सयभन्दा बढी भेडाको ज्यान गएको छ। लगातार भेडा मर्न थालेपछि स्थानीय किसान चिन्तित र निराश बनेका छन्। स्थानीयका अनुसार भेडालाई पखाला लाग्ने, छटपटाउने र अकस्मात मर्ने लक्षण देखिएको छ। रोगको पहिचान नभएपछि उपचार सम्भव हुन नसकेको र रोगको दर अझै नघटेको वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए। “हामी...
१६ बैशाख सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।४९ वर्षीय शाहीको गएराति बराहताल गाउँपालिका–८ सोत खोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिनु भयो । तीनजना मुखिया रहेको...
जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–३ ठाँटिमा एक महिला लडेर घाइते भई उपचारको क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ठाटीस्थित बाग्लुङ होटलको हेरचाहका लागि बसेकी स्थानीय ७० वर्षीया विष्णु परियार आइतबार दिउँसो करिब १२:१० बजे बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्ने क्रममा करिब ५ मिटर तल सडकमा खसेकी थिइन्। खस्दा टाउकोमा गम्भीर चोट...
जाजरकोट । जाजरकोट जिल्लाको समग्र परिचयलाई समेटेर तयार पारिएको पुस्तक ‘हाम्रो जाजरकोट’ सार्वजनिक गरिएको छ। जाजरकोट सदरमुकाम खलंगामा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीले पुस्तक विमोचन गर्नुभयो। स्रष्टा जनक केसीले विभिन्न जानकार र स्रोतहरूसँगको अन्तर्क्रियाबाट तथ्य र इतिहास सङ्कलन गरी पुस्तक तयार पारेका हुन्। पुस्तकमा जाजरकोटका...
१४ बैशाख कैलाली । जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो । महिला...
७ बैशाख काठमान्डौ । राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।राप्रपाले...
जाजरकोट । नलगाड बहुमुखी क्याम्पस दल्लिको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। नविन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहकाे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कमान खड्काले नेपालमा विद्यमान...
६ बैशाख काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको विश्वकपको यात्रा रोकिएको छ ।काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।यू–१९ विश्वकपमा...
जाजरकोट । संघीयता कार्यान्वयनसँगै स्थानीय तहप्रति जनतामा ठुलो आशा र भरोसा पलाएको थियो। ‘सशक्त स्थानीय सरकार’ को नारासहित जनताले आफ्ना समस्या र सेवाहरू आफैंको गाउँमै समाधान हुने अपेक्षा गरेका थिए। तर, ७ वर्षभन्दा बढी समय बितिसक्दा पनि जाजरकोटका धेरै स्थानीय तहले त्यो अपेक्षालाई पुरा गर्न सकेका छैनन्। विकासको नाममा हुने बजेटको सदुपयोगको अभाव, सेवाप्रवाहमा ढिलासुस्ती,...