६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
मनै लोभ्याउने बाटुलीपोखरी (फोटो फिचर)
मनै लोभ्याउने बाटुलीपोखरी (फोटो फिचर)
  • न्युज डेस्क

चिसो हावा सुस्तरी चल्दैछ । चराचुरुङ्गीको आवाज ताल वरीपरी गुञ्जिरहेको छ । मानिसहरु डुंगा सयर गर्न लामवद्ध छन् यो दृश्य भरतपुर महानगरपालिका–१३ मा रहेको बाटुलीपोखरीको हो ।

बाटुली सामुदायिक वन उपभोक्ता समितिको सिमसार क्षेत्रमा कृतिम ताल बनाइएको छ । विश्व रामसार सूची सूचीकृत बीसहजारी तालनजिकै रहेको यो पोखरी नजिक विभिन्न प्रजातिका चराचुरुङ्ग साथै चित्तल, बदेल। जरायो, गैंडा जस्ता जंगली जनावरहरु ओहोर दोहोर गर्छन् ।

पोखरीमा मनोरञ्जनका लागि डुंगा सयर गर्ने सुविधा छ । हिउँद मौसम प्राय जसो दशैं तिहारपछि यस पोखरीमा आन्तरिक पर्यटकहरु घुम्नका लागि पुग्ने गरेका छन् ।

 

तस्विर : शंकर गिरी/अनलाइनखबर

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech