काठमाडौँ । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् । ‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका...
जाजरकाेट । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चारसय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् । सल्यानमा दुईसय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एकसय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र...
जाजरकाेट । प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो । आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले सोमबारमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका...
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । संसदीय समितिको निर्देशनअनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । राष्ट्रिय...
जाजरकाेट । आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो । त्यसैगरी समानपातिक तर्फ प्रतिनीधि सभा सदस्यमा महिलाबाट पार्वति थापा (आस्था), आदीबासी जनजातिबाट...
जाजरकोट । जाजरकोटमा प्रदेश सभा (क) बाहेक बाँकी प्रतिनिधि सभा र प्रदेश सभाको सिफारिसमा केन्द्रीयता लाधिएको र छलकपटपुर्ण तरिकाले सिफारिस गरेको एमाले निकट विद्यार्थी नेता लोकेन्द्र योगीले आरोप लगाएका छन । पार्टीले योग्य उम्मेदवारलाई टिकट दिनु पर्ने उनको भनाई छ । निर्णय न सच्याए युवा र विद्यार्थीले जस्तो सुकै मुल्य चुकाउन तयार रहने र पार्टीले हार ब्यहोर्नु पर्ने...
काठमाण्डाै । सरकारले स्वतन्त्र प्रेसलाई आफ्नो अधीनमा राख्ने गरी संसद्मा मिडिया काउन्सिल विधेयक पेस गरेपछि पत्रकारितासँग सम्बद्ध संघ सस्थाहरूले विरोध गरेका छन्। नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार संघ र सञ्चारिका समूहलगायतका सञ्चारसम्बद्ध संघ संस्थाहरूले सो विधयेकको विरोध गरेका हुन्। सञ्चार सम्बद्ध...
काठमाण्डौ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलवार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने...
काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केहीबेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए । प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट छुट्याइएको छ । यसमा महन्थ...
कपिलवस्तु । आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटिको चौंथो पूर्ण बैठक शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित खरेन्द्रपुरमा सम्पन्न भएको छ । बैठकले आसन्न निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट सिफारिश भएका उम्मेदवारको नाम टुंगो लगाई चुनाव केन्द्रीत...