जाजरकाेट । जाजरकाेट जिल्ला अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । शुक्रबार बसेकाे अस्पताल विकास समितिकाे बैठकले पत्रकारलाई औषधि बाहेक अन्य सेवाहरू ल्याब,एक्सरे र टिकटमा ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेकाे हाे । पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यहरू र यसबाहेक अन्य विभिन्न मिडियामा...
काठमाडौँ । स्वास्थ्य विज्ञहरूले तीन वर्षअघिको डेंगुको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार साउनयता मंगलबारसम्म ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ईडीसीडीका...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबिरुद्ध बलात्कारको जाहेरी परेको छ । पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा दिएको दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते पीडितलाई नगरकोट पुर्याएर काठमाडौं ल्याई एक होटलमा रातभर पटक पटक बलात्कार गरेको उल्लेख छ । घटना भएको भनिएको समयमा सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थिए । नेपाल टिम केन्याविरुद्धको...
काठमाण्डौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले...
जाजरकोट । जाजरकोटका धेरै स्थानमा कतिपय सामुदायिक विद्यालयहरुमा एक जना शिक्षकले एकजना विद्यार्थि पढाएर बस्नुपर्ने बाध्यता छ । विद्यार्थि अभावमा अधिकांश सामुदायिक विद्यालय न बन्द हुन सकेका छन, न त गुणस्तरीय पढाई नै हुन्छ । कतिपय गाउँमा भने विद्यालय नहुदा पाँच घन्टा सम्म पैदल हिँडेर साना बालबालिका विद्यालयसम्म पुग्ने गरेको अभिभावक गुनासो छ । यस्तै समस्याबाट जाजरकोटका...
जाजरकोट । जाजरकोटको होटेलमा वेश्यावृती गराउने एक साहुलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको डडुवा गाउँपालिका ०१ घर भई हाल भेरी नगरपालिका ०३ ठाँटी स्थित न्यू थकाली होटल एण्ड लज सञ्चालन गरी बस्ने ओमकार लोहनियालाई प्रहरीले पक्राउ गरेको हो । शनिवार आफ्नो होटलको कोठामा महिलाहरुलाई बोलाई वेश्यावृती गराई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिई पीडित महिलाहरुको...
जाजरकाेट । भेरी नगरपालिका जाजरकाेटमा ने.क.पा.(एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएका छन् । जाजरकाेटमा क्रियाशिल उक्त पार्टीहरुले गत आर्थिक वर्षको निकासी टेन्डरबाट राजस्व तिरी विभिन्न ठाउँमा स्टक गरी राखेको नदीजन्य निर्माण सामाग्रीहरुको आवश्यक स्टक दस्तुर लिई निकासी गरी निर्माण कार्यमा सहजीकरण गर्नु पर्ने लगायतका माग राख्दै आइतबार दिउँसाे...
जाजरकाेट । नेपाल टेलिकम दूरसञ्चार कार्यालय जाजरकाेटले बुधबार देखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु होम (एफटिटिएच) सेवाको विस्तार सुरु गरेको छ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डाटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज हुने र सहरी तथा ग्रामीण क्षेत्रका...
जाजरकाेट । नेपाल कम्युनिष्ट पार्टी जाजरकाेटले आज (बुधवार) भेरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । आज एक कार्यक्रमका बिच भेरी नगरपालिकाकाे कार्यालयमा पुगेर भौतिक संरचनाको निर्माणधिन कार्य नै प्रत्यक्ष प्रभावित हुनेगरी नदिजन्य पदार्थ नियन्त्रणका नाम निषेध गर्ने कार्यले गम्भीर ध्यानाकर्षण भएको र यथाशीघ्र निर्णय सच्याउन तथा स्वस्थ्यपुर्ण तरिका ले राष्ट्रिय...
जाजरकोट । जिल्लामा प्रदेश सरकोको १८ करोड भन्दा बढि रकम भुक्तानी हुन सकेन । सिक्याँस प्रणालीको लागि चाहिने ईन्टरनेट सरोवरले काम नगरेपछि जाजरकोटमा कर्णाली प्रदेश सरकारको १८ करोड भन्दा बढि बजेट भुक्तानी हुन नसकेको हो । जिल्ला सदरमुकाम खलंगामा रहेको प्रदेश कोष लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार विकास आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरेका सम्पूर्ण...