२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
समितिको प्रतिवेदनले भन्छ . रविले २४ करोडको चेक काटे
समितिको प्रतिवेदनले भन्छ . रविले २४ करोडको चेक काटे
  • न्युज डेस्क

५ असोज काठमाडौं । संसदीय छानबिन समिति गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफैंले करिब २४ करोडको छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ ।लामिछानेले आफू निर्दोष रहेको भन्दै गितेन्द्रबाबु राई जीबी राईलाई दोषी थुपारिरहेका बेला लामिछानेले नै चेक काटेको तथ्याङ्क बाहिर आएको छ ।

समितिले प्रतिवेदन लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएको चेकहरूको तथ्याङ्क राखेको छ ।लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपियाँको भुक्तानी भएको छ । लामिछानेले एउटै चेक तीन करोड रुपियाँसम्मको काटेको पाइएको छ ।समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानले सहकारीबाट नियमितविपरित ल्याइएको २४ करोड रुपियाँका छुट्टाछुट्टै १६ वटा चेक काटेको निष्कर्ष निकालेको छ ।समितिले प्रतिवेदन संसदमा बुझाएसँगै लामिछाने र उनका समर्थकले क्लिन चिट पाएको भन्दै खुसीयाली मनाए पनि समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएपछि रास्वपाभित्र खैलाबैला भएको छ ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित
  • Nabintech