७ असोज सुर्खेत । प्रदेश अस्पताल सुर्खेत यतिखेर तनावग्रस्त बनेको छ । उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरालाई कार्वाहिको माग गर्दै अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन ।
सुर्खेत वीरेन्द्रनगर ६ निवासी १९ वर्षीया शर्मिला कुमालको आईतबार दिउँसो उपचारको क्रममा मृत्यु भएको थियो ।सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिएको शर्मिलाको चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप छ ।अस्पतालमा उनलाई रक्तस्राप भएको र आइसियुमा राखेर उपचार गरिएकोमा सोमबार बिहान २ बजेर ४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताउनु भयो ।थप अप्रिय घटना हुन नदिन प्रहरी टोली अस्पतालमा खटाईएको प्रहरी उपरीक्षक खड्काले बताए ।