६ असोज बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । ला लागू औषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो ।जिल्लामा हाल करिब १० हजार लागू औषध प्रयोगकर्ता रहेको लागु औषध उपचार तथा पुनः स्थापना केन्द्र महासंघका संयोजक रमेशकाजी महर्जनले बताउनु भयो । । जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उहाको अनुमान छ ।
। नेपालगञ्ज हुँदै लागूपदार्थ अफिम र चरेस भारततर्फ जाने र भारतबाट ब्राउन सुगरलगायत मनोदिपक पदार्थ नार्कोटिक ड्रग नेपाल भित्रने गरेको जानकारी दिँदै क्षेत्रीले समस्या समाधानका लागि राजनीतिक दल र राज्यले थप प्रभाकारी कार्यक्रम अगाडि सार्नुपर्ने आवश्यकता औँल्याउनु भयो । ।लागू औषध कारोबार बढ्दै जाँदा यहाँका युवापुस्ता दुर्व्यसनको उच्च जोखिममा छन् । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागू औषध कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागू औषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताउनु भयो ।