जाजरकाेट । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा...
जाजरकोट । पुलबाट खसेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५, अरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नर्सिङघाट खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका थिए । उनको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा...
काठमाडौं । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो । समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले...
जाजरकोट । जाजरकोटबाट करीब ८ करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएकोे तथ्यांकले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०/८१को पुष मसान्तसम्म जाजरकोटबाट आठ करोड ८ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म खाद्यान्न तर्फको मकै मात्रै ९५ लाख मूल्य बराबरको...
जाजरकोट । जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष भन्दा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत बर्ष ५ सय ६० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय म्याट्रिक टन बराबर सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष भने ६ सय २० हेक्टर क्षेत्रफलमा...
जाजरकाेट । जिल्ला प्रशासन कार्यालय जाजरकाेटले माघ १ देखि देखी प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ। प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले प्रशासन कार्यालयले राहदानी(पासपोर्ट)काे अनलाइन फारम निःशुल्क भरिदिने गरी सेवा आरम्भ गरेको बताए। यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको...
जाजरकाेट । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । माघे सङ्क्रान्तिका दिन आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश...
काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएका छन् । भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । कर्णालीका हिमांशु शाहीले ५३ रन बनाए । गण्डकीका...
काठमाण्डौ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक...