१३ कार्तिक २०८२, बुधबार
१३ कार्तिक २०८२, बुधबार
सल्यानमा फोर्स गाडी दुर्घटना, ३ जना घाइते
सल्यानमा फोर्स गाडी दुर्घटना, ३ जना घाइते
  • न्युज डेस्क

११ कात्तिक सल्याननेपालगन्जबाट सल्यान तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर ४ बाङ्गेलाखुरी सडक खण्डमा लुप्र०१–००१ख ०२४१ नम्बरको को फोर्स गाडी दुर्घटना हुँदा दार्मा गाउँपालिका– ५ बस्ने वर्ष ३३ को बुद्धिमान केसी, वर्ष ६१ की रत्न कुमारी वली र वर्ष ५० की टेक कुमारी वली घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको जिल्लामै सामान्य उपचारपछि घर फर्किएका छन् । गाडीमा १४ जना यात्रु सवार थिए ।गाडी आज बिहान ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिए ।

  • १२ कार्तिक २०८२, मंगलवार प्रकाशित
  • Nabintech