
 
      १४ कात्तिक सुर्खेत । सुर्खेतमा छोराले आफनै आमाको हत्या गरेको छन । प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले आमालाई फरुवा हानेर हत्या गरेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बिहान करिब ८ . १५ मिनेटको समयमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।